दफा १४
विज्ञापन प्रकाशन
  (१) जिल्ला न्यायाधीशको पदपूर्तिको लागि न्याय परिषदबाट आयोगलाई अनुरोध भई आएमा त्यस्तोपद पूर्तिको लागि आयोगलेयस ऐनको दफा १० को उपदफा (२) बमोजिम विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशन गरिने विज्ञापनमा दरखास्त फाराम बुझाउने म्याद, रिक्त पद सङ्ख्या, परीक्षा दस्तुर र आवश्यकता अनुसार आयोगले निर्धारण गरे बमोजिमका अन्य कुराहरू समेत खुलाउनु पर्नेछ ।